Tuesday, September 23, 2008

प्रधानमन्त्री दाहाल र बुसबीच भेटवार्ता

तामाङ न्यूज, २०६५ असोज ८ बुधबार

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी राष्ट्रपतिसँग १० मिनेट कुरा गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले अमेरिकी राष्ट्रपति जर्ज डब्लू. बुससँग भेट गरेका छन् । प्रधानमन्त्री निकट श्रोतले बताए अनुसार, अमेरिकी राष्ट्रपति बुस तथा उनको पत्नी लौरा बुसले संयुक्त राष्ट्र संघ महासभामा भाग लिन पुगेका बिभिन्न मुलुकका प्रतिनिधि प्रमुखहरूको सम्मानमा असोज ६ गते राति न्यूयोर्कमा स्वागतमा समारोह गरेका बेला नेपाली प्रधानमन्त्रीको उनीहरुसँग भेट भएको हो । दुई नेताबीचको भेट करिव १० मिनेट लामो भएको पनि श्रोतले उल्लेख गर्‍यो । भेटमा प्रधानमन्त्री प्रचण्डले आफूहरु भर्खरै क्रान्तिबाट सत्तामा आएकाले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन अमेरिकी पहल आवश्यक रहेको बताएका राष्ट्रिय समाचार समितिले जनाएको छ ।

0 comments: