Tuesday, September 23, 2008

नेपाल भारतविच विजुली आयातमा आज सम्झौता हुने

तामाङ न्यूज,२०६५ असोज ८ बुधबार
नेपाल र भारतविच ६० मेगावट विजुली आयात सम्बन्धि सम्झौतामा आज हस्ताक्षर हुने भएको छ । तेस्रो उर्जा सम्मेलनमा सहभागी हुन आउनु भएका भारतका बाणिज्य तथा आपूर्ति राज्यमन्त्री जयराम रामेशले भारतका तर्फाट सम्झौता गर्नुहुनेछ ।
यसैविच तेस्रो उर्जा सम्मेलनमा आज उर्जाको बजार, जलस्रोत परियोजनाको आर्थिक सामाजिक पक्ष, नवीकरणीय उर्जाका स्रोत, आवश्यकता र फाइदा एवम् उर्जा सुरक्षाका विषयमा कार्यपत्र प्रस्तुत गरिँदै छ ।
चार सत्रमा बाँडिएको आजको कार्यक्रममा ११ जना जलस्रोत विदले आफ्ना कार्यपत्र प्रस्तुत गर्नुहुने छ ।
हिजोदेखि सुरु भएको सम्मेलनमा उठेका विषयमा छलफलपछि आजै सम्मेलनको समापन गरिने छ । सम्मेलनको आयोजना स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था -इपान), भारतीय पावर टे्रडिङ् कम्पनी -पीटीसी), र नेपाल भारत चेम्बर अफ कमर्शले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

प्रधानमन्त्री दाहाल र बुसबीच भेटवार्ता

तामाङ न्यूज, २०६५ असोज ८ बुधबार

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी राष्ट्रपतिसँग १० मिनेट कुरा गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले अमेरिकी राष्ट्रपति जर्ज डब्लू. बुससँग भेट गरेका छन् । प्रधानमन्त्री निकट श्रोतले बताए अनुसार, अमेरिकी राष्ट्रपति बुस तथा उनको पत्नी लौरा बुसले संयुक्त राष्ट्र संघ महासभामा भाग लिन पुगेका बिभिन्न मुलुकका प्रतिनिधि प्रमुखहरूको सम्मानमा असोज ६ गते राति न्यूयोर्कमा स्वागतमा समारोह गरेका बेला नेपाली प्रधानमन्त्रीको उनीहरुसँग भेट भएको हो । दुई नेताबीचको भेट करिव १० मिनेट लामो भएको पनि श्रोतले उल्लेख गर्‍यो । भेटमा प्रधानमन्त्री प्रचण्डले आफूहरु भर्खरै क्रान्तिबाट सत्तामा आएकाले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन अमेरिकी पहल आवश्यक रहेको बताएका राष्ट्रिय समाचार समितिले जनाएको छ ।

अर्को जनयुद्ध हुने यादबको चेतावनी

तामाङ न्यूज, २०६५ असोज ७ मंगलबार

सिराहा मिर्चैयामा गरिवहरुलाई घर बनाउन नदिए त्यहीँबाट अर्को जनयुद्ध सुरु हुने माओवादी नेता मात्रृका यादवले चेतावनी दिएका छन् ।
भूमिसुधार मन्त्रीबाट राजीनामा दिएका माओवादी केन्द्रीय सदस्य मातृका यादवले सिराहा मिर्चैया घटनाले धेरैलाई नाङ्गेझार पार्ने दावी गरेका छन् । असोज ७ गते जनकपुरमा माओवादीको स्थानीय कमिटीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले भने , 'मिर्चैया घटनाले धेरैको चरित्र प्रष्ट पारे पनि उनीहरुलाई नाङ्गेझार पार्न बाँकी छ, त्यही अभियानमा म लागेको छु ।' यादवले कसको चरित्र स्पष्ट पारेको तथा कसलाई नाङ्गेझार पार्न आफू लागेको भन्ने भने पत्रकार सम्मेलनमा खोलेनन् । कार्यक्रममा माओवादीका धनुषा, महोत्तरी, सिराहा र सप्तरी जिल्ला इन्चार्जहरुको उपस्थिति थियो ।
यादवले मिर्चैयामामा आफूले कब्जा गरेको ब्यक्तिगत जमिनमा गरिवहरुको घर बनेरै छाड्ने पनि दावी गरे । यादवले गरिवको घर बन्दा कसैले अवरोध पुर्‍याए त्यही ठाउँ जनयुद्धको अर्को केन्द्र बन्ने उल्लेख गरे ।
यता, माओवादी भातृ संगठन मधेसी राष्ट्रिय मुक्ति मोर्चाले भू-माफिया बिरुद्ध असोज ८ गतेदेखि धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी र सुनसरीमा आन्दोलनको घोषणा गरेको छ । आन्दोलनको कार्यक्रम अनुसार, असोज ८ गते ती ६ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा एक घण्टा कालोझण्डा देखाउदै धर्ना दिइनेछ ।

Wednesday, September 17, 2008

बजेटबारे छलफल हुँदै

आगामी आर्थिक वर्षको बजेटबारे असोज २ गते २५ दलबीच छलफल हुने भएको छ । सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटबारे २५ दलबीच छलफल हुने भएको छ । असोज ३ गते बिधायिका संसदको बैठकमा पेश हुने बजेटबारे असोज २ गते अर्थमन्त्रालयमा बिहान ११ बजेदेखि २५ दलबीच छलफल हुनलागेको जानकारी संविधानसभाध्यक्ष सुवास नेम्वाङले दिएका हुन् । संसदमा पेश हुनुअघि बजेट गोप्य राख्ने प्रचलन रहेकोमा बजेटबारे अर्थमन्त्री डा. बाबुराम भट्टराईले के कति जानकारी दिनेछन् भन्नेचाहिँ हेर्न बाँकि छ ।